भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप भोलि (विहिबार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिए ।
अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए । पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।
नेपाललाई डेढ करोड डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भारत तयार रहेको बताइएको छ।




















प्रतिक्रिया