Logo

राजनीति

दश लाख खोप उपलब्ध गराउने भारत सरकारलाई धन्यवाद: प्रधानमन्त्री ओली



नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारत सरकारले कोरोनाको दश लाख खोप डोज उपलब्ध गराएर नेपाली जनतालाई सहयोग गरेको अवसरमा धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओलीले भनेका छन्, “प्रधानमन्त्री @narendramodi जी र साथसाथै भारत सरकार र भारतका जनताले यो गम्भीर समयमा नेपाललाई कोभिड खोपको एक दसौं खुराकको उदार अनुदानको लागि जब भारतले आफ्नै मान्छेहरूको लागि खोप लिइरहेको छ । म धन्यवाद दिन चाहन्छु,” ओलीले भनेका छन् । 

kp1.PNG

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।