पछिल्लो २४ घण्टामा देशभर ३०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५४५ जनाको कोरोना परिक्षण गर्दा ३०२ संक्रमित थपिएका हुन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।
गत २४ घण्टामा ४८० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ ।
शुक्रबार कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।
योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९८६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९८ जना संक्रमित थपिएका छन् । जसमा महिला ७३ र पुरुष १२५ रहेका छन् ।
प्रतिक्रिया