माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । बैंकले जारी गरेको ३० लाखथान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।
बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदरसहित प्रति ऋणपत्र रु एक हजार कायम भएका उक्त ऋणपत्र बुधबारदेखि एक्सचेन्जमा सूचिकृत भएको हो ।
ऋणपत्र सूचिकृतसम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् ।
सूचिकरणपछि १० वर्षमा सावाँ फिर्ताहुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत दोस्रो बजारमा खरिदबिक्री गर्न सकिने बैंकद्धारा बुधबार जारी विज्ञप्तीमा जनाईएको छ ।





















प्रतिक्रिया