Logo

पत्रपत्रिका

पाँच हजार शिक्षक सरुवा, अझै ३९ हजार आवश्यक



देशैभरका विभिन्न सरकारी विद्यालयहरुमा ३९ हजार शिक्षक अपुग छन् । सरकारले गरेको एक अध्यायन अनुसार पाँच हजार शिक्षकलाई सरुवा गरिने समाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ ।

समाचार अनुसार अपुग शिक्षक दरबन्दी सिर्जना गरी वा अनुदान दिएर भएपनि पूर्ति गर्ने तयारी शिक्षा मन्त्रालयको छ । सरकारी विद्यालयमा अहिले एक लाख ५३ हजार ५ सय २३ शिक्षक कार्यरत छन् । तीमध्ये स्थायी एक लाख ११ हजार १ सय ४५ र राहत कोटाका ४२ हजार ३ सय ७८ जना छन् ।

मुलुकभर ३० हजारको हाराहारीमा सरकारी विद्यालय छन् । शिक्षा नियमावली अनुसार प्राथमिक तहसम्म सञ्चालन भएका विद्यालयमा न्यूनतम तीनजना शिक्षक दरबन्दी वितरण गर्नुपर्छ ।

निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयलाई क्रमशः न्यूनतम ४ र ६ वटा शिक्षक दरबन्दी वितरण गर्नुपर्ने शिक्षा मानव स्रोत विकास केन्द्रको भनाई छ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ०१:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।