पछिल्लो २४ घण्टामा देशभर थप १५७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।
शुक्रबार ३ हजार २२१ जनाको स्वाब परीक्षण गर्दा ५९ महिला र ९८ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गत २४ घण्टामा थप ३३३ जना डिस्चार्ज भएका छन् । यो ९८.१ प्रतिशत हो । हालसम्म नेपालभर २ लाख ६५ हजार ६९८ जनाले कोरोना जितेका छन् ।
बुधबार थप ५ जनाको मृत्यु मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ । यस्तै १११ जना क्वारेन्टिनमा छन् भने ३ हजार २२ जना आइसोलेसनमा छन् ।




















प्रतिक्रिया