Logo

स्वास्थ्य

आइतबार १०५ संक्रमित थपिए



नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ ।

आइतबार थप दुई जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेहरुको संख्या २ हजार २९ पुगेको छ ।  

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।