रुकुम पूर्वमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ का ३३ वर्षीय मित्रलाल नेपालीको भिरबाट लडर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दाजुको घरबाट आफ्नो घरमा जाँदै गर्दा नेपाली भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
बाटोमा हिड्दै गर्दा नेपालीको लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीय तितेखोला भिरबाट उनी लडेको बताइएको छ । प्रहरीका अनुसार बाटोबाट करिब दुई सय मिटर तल खसेका थिए । नेपालीको शव जिल्ला अस्पताल रुकुमकोटमा पोष्टमार्ट पछि आफन्तलाई बुझाइएको छ ।




















प्रतिक्रिया