बाँकेमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-२१ का ५९ पुरुषको गत राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्वासप्रश्वासमा समस्या भएपछि भदौ २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ २१ गते सङ्क्रमण देखिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।




















प्रतिक्रिया