पाँच हजार घुससहित सिराहाबाट एक जना प्रहरी जवान पक्राउ परेका छन् । बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई ५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी जवान यादवले भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।





















प्रतिक्रिया