राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगरत बाग्मती प्रादेशिक कार्यलय काठमाडौ र शाखा कार्यलय टेकुले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरि कालिमाटी स्थित जनप्रभात उच्च माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षाको शुभारम्भ गरेको छ ।
जनप्रभात उमाविमा सूचना प्रविधि कक्षको स्थापना गरि कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धि सामाग्रीहरुको हस्तान्तरण समेत गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि सूचना तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने धारणा राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सूचना प्रविधि कक्षा भन्नाले कम्प्युटर सीप वृद्धि गर्नुमात्र बुझिने गरेको संचार तथा प्रविधि कक्षा भन्नाले कम्प्युटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरि अडियो तथा भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्थीहरुलाई मनोरञ्जन मुलक ज्ञान प्रदान गर्ने धारणा राखे ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बाग्मती प्रदेश कार्यलयकि प्रवन्धक सोनी श्रेष्ठ, शाखा कार्यलय टेकुका प्रवन्धक युवराज घिमिरे, प्रवन्धक रवीन्द्र पोखरेल सहित बैंकका कर्मचारी र विद्यालयका शिक्षक विद्यार्थीको उल्लेख उपस्थिति थियो ।
कार्यक्रम बाग्मती प्रदेश कार्यलय र शाखा कार्यलय टेकुले संयुक्त रूपमा आयोजना गरेका हुन ।





















प्रतिक्रिया