Logo

कोशी प्रदेश

लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसको भावनात्मक एकता अपरिहार्य : सांसद संग्रौला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकि केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि नेपाली कांग्रेसको भावनात्मक एकता हुनुपर्ने बताएकी छिन् ।

७० औं प्रजातन्त्र दिवसको अवसरमा धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ संग्रौलाले लोकतन्त्रवादीको एकता बिना लोकतन्त्रको विकास र सुदृढीकरण गर्न नसकिने उल्लेख गर्दै त्यसका लागि पहिला कांग्रेस भित्र भावनात्मक एकता अपरिहार्य रहेकोमा जोड दिइन् ।

कम्युनिस्ट सर्वसत्तावादको विरुद्ध लड्नको लागि समेत लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ । लोकतन्त्र जगमा नै सुशासन र समृद्धि सम्भव रहेको उल्लेख गर्दै नेतृ संग्रौलाले सुशासन बिना समृद्धि हासिल हुन नसक्नेमा जोड दिइन् ।

कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको स्पष्ट गर्दै नेतृ संग्रौलाले तीन बर्षपछि हुने निर्वाचनलाई समेत मध्यनजर गर्दै लोकतन्त्रको रक्षाको लागि समेत कांग्रेसको भावनात्मक एकता हुनुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १५:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।