प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार ५ बर्ष मात्रै होइन पचास बर्ष नै चलाउनुस तर सत्ता नचलाउन चेतावनी दिएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले लोकतान्त्रिक अभ्यासमा सरकार बलियो भएर मात्रै देश बलियो नहुने धारण राखे ।
उनले वर्तमान ओली नेतृत्वको सरकारले सत्ता नचलाएर सत्ताले सरकार चलाइरहेको आरोप समेत लगाए । हिजोको संसद बैठकमा पनि नेता थापाले स्वस्थानीको शैलीमा ललिता निवास प्रकरणमा सरकारको कडा आलोचना गरेका थिए ।




















प्रतिक्रिया