Logo

स्वास्थ्य

कोरोना अपडेट : ११९ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा ११९ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा २६० जना कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार अपरान्ह अद्यावधिक गरिएको छ ।

बितेको २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार ३८ पुगेको छ । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ९ सय २५ रहेको छ भने निको हुनेको संख्या २ लाख ६८ हजार ७२ जना रहेको छ ।

आइतबारसम्म नेपालमा १ हजार ८१५ जनाको संक्रमित बाँकी रहेका छन् । हालसम्म २० लाख ९३ हजार ४१७ पिसिआर परीक्षण भएको छ भने १ हजार ८१५ जना आइसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयमा ९२ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।