Logo

समाचार

नेपाल प्रहरीका ३ डीआईजीको बढुवा



नेपाल प्रहरीका ३ जना नायव महानिरीक्षक (डीआईजी) हरू अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले डीआईजीहरू तारणी लम्साल, शैलेश थापा, हरिबहादुर पाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने अध्यक्षको बढुवा समितिले १५ फागुनमा डीआईजीत्रय लम्साल, क्षेत्री र लम्साललाई एआईजी बढुवामा सिफारिस गरेको थियो ।

एआईजीमा बढुवा भएकामध्ये लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुन् भने क्षेत्री प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा छन् । यस्तै, पाल प्रहरीको विशेष ब्यूरोको प्रमुख हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार २१:२६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।