Logo

प्रदेश

कपिलवस्तुमा एकै परिवारका दुई दाजुभाइको मृत्यु



कपिलवस्तुमा एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका – ८ वेलहवा स्थित तरवेज धनियाका १२ वर्षीय छोरा सलमान धनिया मुसलमान र उनका भाइ १० वर्षीय भाइ अरमान धनियाको माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

गाउँ नजिकै रहेको सामुदायिक माछा पालन केन्द्रको पोखरी छेउमा खेल्न गएको बेला भाइ पोखरीमा खसेपछि उनलाई बचाउन खोज्दा दाजु सलमान सहित दुबैको मृत्यु भएको हो ।

अचेत अवस्थामा जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा उनिहरूको बाटैमा मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । उनिहरूको शव तौलिहवा अस्पतालमा राखिएको र घटनाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार  ३ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।