Logo

प्रवास

अमेरिकामा दुई नेपालीको मृत्यु



अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यू भएको छ। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको मृत्यु भएको हो ।

अन्दाजी ४० बर्षका सोनाम आफ्नै कोठा भित्रै मृत भेटिएका छन् । ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए। उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ। उनका आफन्तहरु अमेरिकामा छैनन् । त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो। थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार ०९:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।