Logo

प्रदेश

कोरोना कहरमा गुमनाम गंगादेव गाउँपालिकालाई स्वतन्त्र युवा अभियानको आपत्ति



गंगादेव स्वतन्त्र युवा अभियानले गंगादेव गाउँपालिकाको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति सर्वजानिक गरेको छ । कोरोना महामारी दिनानुदिन फैलिदै गयको र रोल्पा जिल्लाको गंगादेब गाउँपालिकाले यस्तो अबस्थामा समेत गाउँपालिका भित्रका आफ्ना नागरिकहरुमा सचेतना फैलाउने, सुरक्षित रहने र अतिआबश्यक औषधिहरुको जोहो गर्ने काम नगरेको नगरेको भन्दै गंगादेव स्वतन्त्र युवा अभियानले गम्भीर ध्यानाकर्षण गराएको हो ।

उक्त विज्ञप्तिमा गंगादेव गाउँपालिकाले आफ्ना नागरिकहरुको दैनिकी र जीवन रक्षका लागि अहिलेसम्म चासो नदेखाउने काम दुःखद पक्ष रहेको, गाउँपालिका बाहिर रहेका नागरिकहरुको सोधखोज र अलपत्रमा परेका मानिसहरुको उद्धारका लागि पहल नगरेको र यस्तो अबस्थामा समेत जनताको प्रतिनिधि संस्था चलायमान नभएको भन्दै दुःख समेत ब्यक्त गरेको छ ।

रातको समयमा गंगादेव गाउँपालिकामा मानिसहरु प्रबेश गरिरहेको सूचना पाएपनि गाउँपालिकाका जनताप्रति उतरदायि नरहेको जानकारी दिदै गाउँपालिकाभन्दा बाहिर रहेका नागरिकलाई तत्काल गाउँ ल्याउने पहल गर्न र गाउँ–गाउँमा जनचेतनाका कामहरु तिब्र गतिमा अघि बढाउन गंगादेव स्वतन्त्र युवा अभियान अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आईतवार २०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।