Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसको उत्पतीका सम्बन्धमा स्वतन्त्र अनुसन्धानको माग चीनद्वारा अस्वीकार



कोरोना भाइरसको उत्पतीलाई लिएर स्वतन्त्र अनुसन्धान गर्नु पर्ने माग चीनले खारेज गरेको छ । बेलायतमा रहेका चिनियाँ कूटनीतिज्ञ चेन वेनले यस्ता मागहरु राजनीतिक रुपमा प्रेरित रहेको भन्दै त्यस्तो कुनै पनि अनुसन्धान नहुने स्पष्ट पारेका हुन् ।

यस्ता मागहरु कोरोना भाइरसविरुद्धको चीनको लडाईँलाई कमजोर पार्ने उद्देश्यले आएको पनि चेनले बताएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले सुरुमै जानकारी नदिएको र यसको नियन्त्रणका लागि पारदर्शी प्रक्रिया नअपनाएको आरोप छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहान शहर स्थित वेट मार्केटबाट कोरोना भाइरसको संक्रमण फैलिएको मानिन्छ ।

युरोपियन युनियनको प्रतिवेदनमा पनि चीनले कोरोना भाइरससँग सम्बन्धित सही सूचना बाहिर आउन नदिएको उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लगातार कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणमा चीनको पारदर्शीतालाई लिएर प्रश्न गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार ०८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।