बाँके जिल्लाको कोहलपुरको एक परिवारले आपतबिपतको समयमा राहत नपाएको गुनासो आएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड १९) ले गर्दा नेपालमा चैत ११ गते देखि सुरु भएको लकडाउन बैशाख १५गते, सम्म भइरहेको छ । लकडाउनमा बसेका बेला पीडितलाई राहत वितरण भइरहेको छ । कतै पीडितले राहत पाएका छन् भने कतै नपाउनेले पनि राहत पाएर आनन्द मानिरहेका छन् ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका ११, नयाँ बस्तीको सुकुम्बासीमा बस्ने माग्या सार्की र पान्सरा सार्कीको घरपरिवारले आफूले अहिलेसम्म राहत नपाएको भन्दै गुनासो गरेको सामाजिक अभियान्ता निराज रानाभाटले जानकारी दिएका हुन् ।
माग्या सार्कीले आफ्नै घर नजिकै सडक पेटीमा जुत्ताचप्पल सिलाउने काम गरिरहनु भएको थियो तर अहिले लकडाउन भएको कारणले आफूले काम गर्न समेत नपाएको र बिहान र बेलुकी छाक टार्न गाह्रो भएको बताउनुभएको छ । यदि देश तथा विदेशबाट केही सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले तल दिएको नम्बर सम्पर्क गर्नसक्नुहुने छ ।
माग्या सार्की ः ९८६४८७३५१६
निराज रानाभाट सामाजिक अभियान्ता ९८४५४२२५०२ वा ९८०९१८९१११




















प्रतिक्रिया