Logo

स्वास्थ्य

अब कोरोना परिक्षण शुल्क एक हजार



नेपाल सरकारले कोरोना भाइरसको परीक्षणका लागि गरिने कोरोना परिक्षण शुल्कमा समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा कोरोना शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए । यसअघि कोरोना परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो । 

यस्तै अबदेखि कोरोना भाइरसको उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोना भाइरसको उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बुधबार बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।