Logo

प्रमुख समाचार

पुनः १५ दिन लकडाउन थप गर्ने सरकारको तयारी



आइतबार नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या अचानक बढेपछि सरकारले लकडाउनको अवधि १५ दिन थप्ने तयारी गरेको छ । अर्थमन्त्रालय र केही स्वास्थ विज्ञहरुको सुझाव विपरीत लकडाउनको अवधि १५ दिन थप गर्ने तयारी गरिएको हो ।

कोरोना संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो गर्ने रणनीति तय गर्ने तयारी गरेपनि जनताको सुरक्षा नै सर्वोपरि भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राखेपछि लकडाउनको अवधि बढाउने तयारी गरिएको हो ।

आइतबारको मन्त्रीपरिषद बैठकमा समेत लकडाउन खुकुलो गर्ने बिषयमा सामन्य छलफल भएपनि आइतबार नै नेपालगञ्जमा ठूलो संक्रमितको संख्या भेटिएपछि लकडाउन खोल्ने तयारीबाट सरकार पछि हटेको हो ।

छिमेकी मुलुक भारतमा समेत कोरोनाको संक्रमण दर बढिरहेको र लकडाउन समेत कायम रहेको हुँदा पनि लकडाउन निरन्तर कायम राख्नुपर्ने प्रधानमन्त्रीकै सुझाव मुताविक लकडाउन बढाउने तयारी गरिएको उच्च सरकारी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार ०७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।