Logo

प्रदेश

कोरोना प्रभाव: नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु



कोरोना भाइरसका संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगञ्जमा २३ गतेदेखि कर्फ्यु लगाउने तयारी भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहानदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णत: निषेधित क्षेत्र घोषणा गरेको हो ।

संघीय सरकारले जारी राखेको लकडाउन सँगै नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

कर्फ्युको समयमा नेपालगञ्जमा औषधि पसल बाहेक अन्य पसल तथा व्यवसाय खोल्न नपाउने निर्णय भएको छ । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्थलगत अनुगमन गर्दै कम्तीमा ३ दिन कर्फ्यु लगाउन जिल्ला प्रशासन कार्यलयलाई सुझाव दिएको थियो ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।