कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबारको बैठकले काठमाडौ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ ।
देशका सबै जिल्लाहरूलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सिमा जोडिएका तथा कोरोना संक्रमण देखिएका जिल्लाहरूलाई जोखिमपूर्ण भागमा निर्णय भएअनुसार काठमाडौमा लकडाउन खुकुलो नपारिने निर्णय गरेको हो ।
भारतसँग सिमा जोडिएका र तराईका जिल्लाहरूमा पनि लकडाउन पूर्ववत् रूपमै कायम राख्न पनि मन्त्रीपरिषदलाई सिफारिस गरेको छ । पहाडी तथा हिमाली जिल्लाहरूमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले सिफारिस गरेको छ ।
मंगलबारको मन्त्रीपरिषद बैठकमा यसबारे निर्णय गर्ने उच्च सरकारी स्रोतले जनाएको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी भएका थिए ।




















प्रतिक्रिया