Logo

प्रमुख समाचार

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे स‌ंख्या ८२ पुग्यो



नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ८२ पुगेको छ । आज नेपालगञ्जमा नयाँ ७ जना कोरोना भाइरसका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज पत्ता लागेका संक्रमितसँगै कुल संख्या ८२ पुगेको छ । संक्रमितहरु नेपालगञ्ज ८ का तीन पुरुष र चार महिलाहरु हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षणका क्रममा पत्ता लागेको छ ।

सबै संक्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०८:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।