Logo

अन्तर्राष्ट्रिय

भारतमा ह्वात्तै बढयो कोरोना संक्रमण, संक्रमितको संख्या ४६ हजार नाघ्यो



छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा १७५ जना संक्रमितको ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५६६ पुगेको कोरोना सम्बन्धी अपडेट दिँदै आएको वेब साइड वल्डोमिटरले जनाएको छ। यसअघि आइतबार भारतमा ६८ जनाको ज्यान गएको थियो ।

यस्तै सोमबार मात्रै भारतमा ३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४३७ पुगेको छ।

मंगलबार भारतमा भेटिएका संक्रमित र कोरोनाबाट ज्यान जानेको संख्या अहिलेसम्मकै धेरै हो ।

भारतमा हालसम्म ११ लाख ७ हजार २३३ को कोरोना परीक्षण गरिएको फेला परेका संक्रमितमध्ये १२ हजार ८४७ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०८:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।