Logo

पत्रपत्रिका

नेपालीद्वारा खाडीका दूतावास घेराउ



विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्न थालेका छन् । खाडीका दूतावासलाई सचेत गर्न आफूहरूले दूतावास घेर्न थालेको उनीहरूले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी मुलुकमा पालै–पालो टेलिफोन गरी त्यहाँका नेपालीलाई ब्यवस्थापन गर्न आग्रह गरेको भने पनि त्यसको प्रभाव नपरेको उनीहरूको दाबी छ ।

खाडी मुलुकमा अलपत्र नेपाली घर फर्कन चाहेका छन् । तर, उनीहरूलाई सरकारले त्यहीँ राखेर लकडाउन खुलेपछि प्रक्रियागत ढंगले ल्याउने बताएको छ ।

मुलुकभित्र आन्तरिक तयारी गर्न नसक्दा समस्यामा परेका नेपालीलाई घर फिर्तीको विषय अन्योल बनेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार ०९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।