प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकि नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले कोरोना भाइरस विरुद्धको लडाइमा सरकारको तयारी भने कछुवाको गतिमा रहेको टिप्पणी गरेकि छिन् । मुलुक अहिले लामो लकडाउन को अवस्था मा छ तर कोभिड चेक गर्ने बिधि कछुवाको चालमा छ । सरकारले पिसिआर परिक्षण को दायरा बडाउन सकिरहेको छैन परिक्षण केन्द्र मा आबस्यक स्वस्थ्य सामाग्री को अभाव भैसकेको छ ।
बिभिन्न सामाजिक अभियन्ताहरु ले संकलन गरि सरकारी राहात कोषमा जम्मा गरिदिएको रकमबाट पाँच दश केजी चामल बाँड्दै मा श्रमिक एंव मजदुर को भोको पेट भरिदैन । यस बारे सरकार को ध्यान गएकै छैन । बिदेश मा हाम्रा नेपाली दाजुभाइ दिदिबहिनी हरु अलपत्र छन, उनीहरु लाई स्वदेश फर्काउन बारे मा पनि सरकार मौन देखिन्छ केहि गरिरहेको छैन यसको विपरित उ आफ्नो आन्तरिक खिचातानी अल्मलिन र अनावश्यक सुबिधाका साधन खरिद गर्न मै ब्यस्त देखिन्छ ।
सर्बसाधारण नागरिक, किसान र साना तथा मध्यम वर्गीय ब्यवसायी हरुलाई यो बन्दले जनजीवन चलाउन निक्कै कठिन बनाउँदै लगेको छ। किसानले उत्पादन गरेका बस्तुहरू मुल्य लिएर बेच्न पाएका छैनन उनिहरु ले कौडी को मुल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने अवस्था एकातिर छ भने अर्को तिर बाहिर बाट आयातित बिषाधी तरकारी चर्को मुल्य तिरेर हामी ले किन्नु परेको छ ।
साना तथा मध्यम वर्गीय ब्यवसायी हरुलाई बैंक व्याज, पसल, गोदाम भाडा, गाडी को किस्ता, स्टाफहरु को खर्च धान्न सक्ने अवस्था मा छैनन । सरकारले राहतको मुर्तरुपमा कुनै योजना ल्याएको देखिन्न सबै निरास छन । के सरकारले बन्द मात्र गरेर प्रशासन सडकमा उभ्याउँदा आफ्नो सबै कर्तव्य पुरा भयो त ?




















प्रतिक्रिया