विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मुलुकभर लकडाउन लागू गरेको छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । त्यो भन्दा बढी सडमा रहेका पशु चौपायाहरु प्रभावित छन् । सडकमा भएका पशु-चौपायाहरुले खान पाए/नपाएको प्रति धेरैको ध्यान जान सकेको छैन ।
यही अवस्थालाई ध्यानमा राखेर बुढानिलकण्ठ क्षेत्रका युवाहरुले सडकमा भोकै रहेका कुकुरहरुलाई दैनिक खाना खुवाउँदै आएका छन् ।
‘मिलेर गरम्, सकेको गरम्’ अभियनाका साथ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० र १२ का युवाहरुले सडकका कुकुरहरुलाई दैनिक खाना खुवाउने गरेका हुन् ।

उनीहरुले सकेको सहयोग उठाएर सडकका कुकुरहरुलाई दैनिक खाना खुवाउँदै आएका छन् । यो अभियान लकडाउन अवधिभर मात्र नभएर निरन्त गरिने उनीहरुले बताएका छन् ।
अभियानमा स्थानीय युवाहरु दिपेस भन्डारी (साने) ,राहुल लुइँटेल , रुपेश भट्टराई , किरण थापा मगर , साहिल गौतम , नयन रिमाल , बिसाल ओलि , प्रकास खतिवडा र सबिन मिश्र छन् ।




















प्रतिक्रिया