Logo

प्रमुख समाचार

लकडाउनमा थप कडाई, सवारी पास रद्द



केही दिनबाट खुकुलो हुँदै आएको लकडाउनलाई थप कडाई गर्ने सरकारले निर्णय गरेको  छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको हो ।

गृहमन्त्रालयले जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जानका लागि यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गृहले थप कडाई गरेको हो । काठमाडौं उपत्यकामा कार्यरत सरकारी कर्मचारीलाई पनि अनिवार्य पास चाहिने भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १९:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।