Logo

प्रदेश

४ जना सुरक्षाकर्मी कोरोना संक्रमित



४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्यावधिकमा कपिवस्तुमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्ने लगाएतका काम खटिएका सुरक्षाकर्मीहरुमा कोरोना पुष्टि भएको हो । उनीहरुमा दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेका छन्।

बुधबार मात्र कपिलवस्तुका ८ जना सहित जम्मा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ०५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।