Logo

प्रमुख समाचार

आजबाट लकडाउनमा अत्यधिक कडाइ, जेठभर लम्बिन सक्छ लकडाउन



सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडानमा अत्यधिक कडाइ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण समुदायसम्म फैलिएपछि सरकार कडा रूपमा प्रस्तुत भएको हो । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउनलाई कडाइ गर्न निर्देशन दिइसकेका छन् ।

कोरोना संक्रमणलाई दृष्टिगत गरी कम्तीमा जेठभर लकडाउन लम्ब्याउने तयारी सरकारले गरेको छ । यसको लागि पूर्वतयारी समेत थालिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्रालयले एक सूचना नै जारी गरेर यसअघि वितरण गरिएका सबै किसिमका सवारी पास रद्द गरेको छ । अब पुरानो पास लिएर चल्ने सबैलाई कारबाही गर्ने चेतावनी गृहमन्त्रालयले दिएको छ । बिहीबारबाट एक जिल्लाबाट अर्को जिल्ला जान समेत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी बाट अनुमति लिनुपर्नेछ । काठमाडौ उपत्यकाको हकमा एकै जिल्ला सरहको व्यबहार हुने समेत जनाइएको छ ।

पास विना सञ्चालन गर्न पाउने सवारीसाधन
एम्बुलेन्स, शवबाहन र दमकल
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु

यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ०७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।