Logo

प्रमुख समाचार

१० दिन लकडाउन थप गर्ने सरकारको तयारी



विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढ्नुका साथै एक जनाको ज्यान समेत गएपछि सरकारले लकडाउनलाई थप गर्नुका साथै अझै कडा बनाउन लागेको हो ।

कोरोना रोकथाम नियन्त्रण उच्चस्तरीय संयन्त्रको बैठक बसेर लकडाउनको अवधि थप्ने सम्बन्धमा ठोस निर्णय हुने छ । लकडाउनको मोडालिटी परिवर्तन सहित लकडाउनको समयावधि थप हुने सम्भावना छ । कम्तीमा १५ दिन लकडाउन थप गर्ने सरकारको तयारी रहेको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिका एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार लकडाउन लम्ब्याउने र मोडालिटीबारे उच्चस्तरीय संयन्त्रले सुझावहरू संकलन गरिरहनुका साथै जोखिमको सम्भावित आकलन पनि गरेको छ । चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ मन्त्रालय, आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय सहित प्रधानमन्त्री कार्यलय समेतको राय लिएर आगामी योजनाबारे ठोस निर्णय लिन लागेको जानकारी दिए ।

कोरोना भाइरस नियन्त्रणमा नेपाली सेना समेत परिचालन हुन थालेका छन् । शनिबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको शवको दाहासंस्कार गर्न पशुपति आर्यघाट लगिदाँ नेपाली सेना नै सुरक्षाको लागि खटिएको थियो । अब आवश्यकता अनुसार सेना परिचालन गर्ने सरकारको तयारी छ ।

काठमाडौं उपत्यका छिर्ने मुख्य नाकाहरुमा नेपाली सेनालाई समेत समावेश गरी कडाई गरिने तयारी भएको छ । चारवटै सुरक्षा निकायलाई स्वास्थ्यकर्मी र स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गरी खटाइने योजना बनाइएको छ ।

कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेपछि र एकजनाको मृत्यु पनि भइसकेको अवस्थामा सरकारले झन् कडा नीति लिन लागेको हो । यसपटक कम्तिमा १५ जेठसम्म लकडाउन थपिने तयारी भएको छ । संयन्त्रको बैठक बसेर सिफारिश गर्ने र मन्त्रिपरिषद बैठक बसेर सम्भवत आजै निर्णय लिने बुझिएको छ ।

सरकारले लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द गरिसकेको छ । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ । उपत्यकाभित्र पैदल समेत भित्रन निषेध गरिएको छ ।

संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भइसकेको छ । अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ । योसँगै सडक सुनसान हुन थालिसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आईतवार ०६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।