Logo

समाचार

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५ पुग्‍यो



थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमण हुनेहरुमा कर्णाली प्रदेश दैलेखका १ जना पुरुष, धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेका छन् ।

आठविस नगरपालिका १ निवासी ती पुरुषमा देखिएसँगै कर्णालीमा पहिलो पटक कोरोना देखिएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार ०५:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।