Logo

प्रमुख समाचार

लकडाउन उल्लंघन बढेको भन्दै काठमाडौ उपत्यकामा कर्फ्यु लगाउने !



सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आगामी जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको भएपनि पछिल्लो समय लकडाउन प्रभावकारी हुन नसकेको गुनासो आइरहेको छ । काठमाडौ उपत्यकामा त झनै लकडाउन खुकुलो बनाइएको गुनासो आईरहेका छन् । मन्त्रीपरिषदको बैठकमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाइएको भन्दै उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेलसँग आक्रोश व्यक्त गरेका थिए ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज चार बजेको अध्यावद्यिक अपडेटअनुसार हालसम्म नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ । जसमा दुई जनाको निधन भएको छ । र, ४५ जना निको भएर घर फर्किएका छन् । हिजोमात्रै काठमाडौंमा तीन जनामा, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोनाको संक्रमण देखिएको थियो । सरकारले काठमाडौंको लकडाउन खुकुलो भएको र नागरिकहरुले लकडाउन अवज्ञा गरेको भन्दै कडा कदम चाल्ने तयारी गरेको छ । सरकारले अब चाल्ने कदम काठमाडौं उपत्यकामा कर्फ्यु र स्वास्थ्य संकट घोषणा गर्नेसम्मको हुने स्रोतको दाबी छ ।

लकडाउन कडाईका साथ कार्यान्वयन गराउनेगरि अझै केही दिनसम्म सरकार पर्ख र हेरको रणनीतिमा छ । तर, लकडाउन कडाई गर्दापनि केही नलागे काठमाडौंमा निषेधाज्ञा जारी गर्नपनि पछि नहट्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको रणनीति छ । जुन कुरा काठमाडौंका सिडिओले सुरक्षासम्बन्धी बैठकमा राख्दै आएको पनि स्रोतको दाबी छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।