Logo

प्रमुख समाचार

थप दुई हप्ता लकडाउनमा कडाइ गर्न ट्राफिक प्रहरी प्रमुख ढकालको सुझाव (भिडियो सहित)



ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिम ढकालले थप दुई हप्ता लकडाउनलाई अझै कडाइ गर्न सुझाव दिएका छन् । कम्तीमा थप १५ दिन लकडाउनमा कडाइ गरे कोरोना भाइरसको संक्रमण कमजोर हुने स्वास्थ विशेषज्ञलाई उदृत गर्दै महामारी रोक्न यो कदम आवश्यक रहेको बताए ।

अनलाइनपाना संवादमा अन्तरवार्ताको क्रममा एसएसपी ढकालले लकडाउन उल्लंघन गर्दै सवारी पास दुरुपयोग गर्दै सवारी चलाउने ३२ सय भन्दा धेरै सवारी पास ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको समेत जानकारी दिए । त्यस्तै लकडाउन उल्लंघन गर्ने ३६ हजार भन्दै सवारी साधनालाई कार्वाही गरिएको समेत जानकारी दिए ।

केही दिन अगाडि सरकारले लकडाउनमा ब्यबहारिक खुकुलो बनाउँदा ४०/५० वटा सवारी साधन चेकिङको लागि क्युवमा होल्ड हुँदा लकडाउन उल्लंघन बढेको र ट्राफिक प्रहरीको आलोचना गरेको प्रति असहमति व्यक्त गर्दै एसएसपी ढकालले तत्कालीन परिस्थितिमा सरकारले गरेको निर्णयको बचाउ समेत गरे ।

अहिले गृहमन्त्रालयको स्वीकृति आवश्यक रहेको जानकारी दिंदै एसएसपी ढकालले अत्यावश्यक अवस्थामा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ तथा ट्राफिक प्रहरी महाशाखामा फोन सम्पर्क गरेर आफ्ना समस्या गुनासो सुनेर अत्यावश्यक अवस्थामा समस्यामा रहेका नागरिकको सेवामा तत्पर रहने उनको प्रतिबद्धता छ ।

लकडाउनका दिनदेखि आजसम्म आउँदा अत्यावश्यक सेवा, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीको आपूर्तिको साथै बैंक तथा वित्तीय संस्थाका सवारी साधनहरू एकैपटक सडकमा निस्किदाँ सवारीको चाप केही बढेजस्तो देखिएको समेत एसएसपी ढकालको भनाई छ ।

हेर्नुहोस भिडियो:

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १७:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।