Logo

समाचार

थप ९ जनामा कोरोना संक्रमण



नेपालमा ९ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षणमा मकवानपुरका तीनका ५४ वर्षीया महिला, भक्तपुरका ४२ वर्षीया महिला, धरानमा गरिएको परीक्षणका क्रममा सप्तरीका ३५ वर्षीय पुरुष र बाराका २२, २७, ३० , ३४ , ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या ७० पुगेको छ भने ३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार २१:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।