Logo

अन्तर्वार्ता

तालिबानका शीर्ष कमाण्डर सिराजुद्दिन हक्कानी कोरोना संक्रमित



तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् ।

उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

तालिबान कमान्डरहरु मुल्ला आमिर खान मुत्ताकी र फजल मजलुम समेत कोरोना संक्रमित भएका छन् । यी दुवै नेता तालिवान र अमेरिकाबीच जारी वार्तामा तालिवानका प्रतिनिधिका रुपमा काम गरिरहेका छन् ।

मुल्ला नुरुद्दिन तुरबी समेत तालिबानका दुई जेता रावलपिन्डी र क्वेटाको अस्पतालमा भर्ना भएको बताइएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार ११:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।