शनिबार फेरि थप ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् । उनकाअनुसार योसँगै कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्इे पुरुष ५०३ जना र महिला ७८ जना छन् ।
यसअघि शनिबार बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए ।




















प्रतिक्रिया