Logo

प्रमुख समाचार

६ जना कोरोना संक्रमित थपिए,संक्रमिको संख्या ६८२ पुग्याे



सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।याेसंगै संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मलेनमा थप ६ जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिइएकाे हाे।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

डा देवकाेटाले वीरगन्जमा गत ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे पनि जानकारी दिए। काेराेना संक्रमणबाट नेपालमा चार जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।