Logo

अन्तर्राष्ट्रिय

कोरानाविरुद्व एडि २६ खोप बाँदरमा देखियो प्रभावकारी, अब मानिसमा परीक्षण



कोरोना भाइरसविरुद्वको प्रोटोटाइप खोप एडि २६ प्रभावकारी रहेको वैज्ञानिकहरुले दाबी गरेका छन् । उक्त खोपले बाँदरमा कोरोनाविरुद्व लड्न प्रभावकारी असर देखाएको भन्दै वाल्टर रिड आर्मी इन्सटिट्यूटका निर्देशक डा.नेल्सन माइकलले दाबी गरेको हुन् ।

बाँदरमाथि गरिएको परिक्षणले बाँदरलाई कारोनाप्रति लड्न प्रतिरक्षा प्रणालीको विकास गरेको जनाइएको छ । उक्त खोपको पहिलो चरणको परिक्षण रहेको निर्देशकले जनाएका छन् । पहिलो चरणमा खोप कितको सुरक्षीत हुने र कसरी शरीरमा कार्म गर्ने विषयलाई मध्येनजर राखिने गर्दछ । उक्त खोपले पुनः मानिसहरुमा आश सिर्जना गरेको छ ।

परिक्षणको सफलताले खोपको निर्माण हुने निर्देशकले विश्वास व्यक्त गरेको छ । कम समयको परिक्षण सफल भएको र उक्त खोपको लामो समयको परिक्षण भइरहेको निर्देशकले जनाएका छन् । मानिसमा कति मात्रामा खोपको डोज दिने विषय लामो परिक्षणले निर्धारण गर्नेछ । बाँदरमा गरिएको परिक्षण्मा शरीर सुरक्षीत भएको साथै खोपले शरीरमा गइ केहिदिनमैै असरसमेत गरेको निदेशकले जनाएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।