Logo

प्रदेश

रुकुम हत्या प्रकरणः जाजरकोटमा पीडितका परिवारले दिए किटानी जाहेरी



पश्चिम रुकुममा हत्या गरिएका युवकका परिवारले जाजरकोटमा किटानी जाहेरी दिएका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित तीन जनाको समूहलाई पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या गरिएको थियो । मृतक युवकका परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका छन् । प्रहरीले उजुरी दर्ता गरेको छ ।

पीडित परिवारले घटनामा दोषी रहेको आरोपमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमालगायत १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनामा दोषी रहेको आरोपमा रुकुम चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष मल्ल, केटीका बुवा वीरबहादुर लगायत १२ जनालाई पक्राउ गरेको छ ।

नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।