दिनभर क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक जना वडा अध्यक्षको वेलुका मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको हो ।
वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएर ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ ।




















प्रतिक्रिया