Logo

समाचार

थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ सय १० पुग्यो



नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा प्रदेश २ काे रौतहटका २९, बाराका ७ र सिरहाका २ जना रहेका छन् । नयाँ संक्रमितको कन्ट्याक ट्रेसिङ सुरू भइसकेको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमध्ये १ सय ५५ जना निको हुँदा ४ संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १०:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।