विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि सुरुवात गरेको लकडाउन छैटौं चरण थप गर्दै जेठ ३२ गतेसम्म लम्ब्याएको छ ।
यस्तोमा लगातारको लकडाउनले देशको आर्थिक व्यवस्था र नागरिकको जनजीवन अस्तव्यस्त हुने नेपालको वस्तुस्थिति, कोरोनाको प्रकृति, विभिन्न देशको अध्ययन र विश्व स्वास्थ संगठनको षड्यन्त्र बुझेर यहि जेठ २० गतेदेखि लकडाउन खारेज गर्न बिजनेस प्लस टेलिभिजनका सम्पादक बिनोद त्रिपाटीले माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै सम्पादक त्रिपाटीले भारत सरकारले यहि जेठ २६ गतेदेखि अनलकडाउनको प्रणाली अपनाएर जाने निर्णयको स्मरण गर्दै भारतमा २६ गतेदेखि होटल रेष्टुरेन्ट, पसल, डिपार्टमेन्ट स्टोर लगायत खुल्नेछन ।
यसको एक हप्ता पछाडिदेखि भारतमा शैक्षिक संस्था, त्यसको एक हप्तापछि सार्वजनिक यातायात, त्यसको अर्को एक सातापछि सम्पूर्ण लकडाउन हटाउने निर्णय गरेको स्मरण गराएका छन् ।
विश्व स्वास्थ संगठनको सूचनामा मात्रै विश्वास गर्ने आधार सकिएकोले यसको लहैलहैमा लागेर अब सूचना, प्रचार र सावधानीका साथ लकडाउन बिस्तारै हटाउनुपर्ने उनको सुझाव छ ।
बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन विष्टले सरकारको लकडाउन निरन्तर गर्ने निर्णयको कडा आलोचना गर्दै ‘यो भ्रष्ट सरकारले लकडाउन समय बढाउने हो खोल्ने बुद्धि पनि छैन् र खोल्न पनि चाहादैंन किनभने जुन दिन लकडाउन खुल्छ त्यो दिनबाट यो सरकारको दिनगन्ती सुरु हुने’ उनको टिप्पणी छ ।

सरकारले आफूले गरेको भ्रष्टाचार लुकाउने र असक्षमता लम्ब्याउने तरिका मात्र प्रदर्शन गरेको उनको टिप्पणी छ । लकडाउनले कोरोना नियन्त्रण हुँदैन भन्नेकुरा प्रष्ट भएको दावी गर्दै लाखौं निमुखा जनता मार्ने षड्यन्त्र मात्रै भएको टिप्पणी गरेका छन् ।
भ्रष्टाचार विरुद्धका सामाजिक अभियान्ता सिद्धार्थ अधिकारीले ‘लकडाउनको निरन्तरताले कोरोना नियन्त्रण सम्भव नहुने कुरा प्रमाणित भएको’ दावी ‘दुई जना संक्रमित हुँदा बाट सुरु भएको लकडाउनको अवधिमा १३ सय माथि संक्रमित पुग्नुलाई लकडाउनको असफलता’ भएको टिप्पणी गरे ।

लकडाउनको आडमा सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने षड्यन्त्रमा लागेको समेत अभियान्ता अधिकारीको दावी छ । ‘आफ्नो स्वार्थ मिसिएको अमेरिकी सहायताको नाममा एमसीसी पारित गर्ने र आफ्नो भ्रष्टाचारको स्वर्ग बचाउने हतियारको रूपमा लकडाउनलाई अस्त्रको रूपमा प्रयोग गरिदैं छ ।’ उनले भने ।
कोरोना भाइरस नियन्त्रणको लागि भन्दै लगातारको लकडाउले जनजीवन भने कष्टकर बन्दै गएको छ ।




















प्रतिक्रिया