Logo

प्रमुख समाचार

मापदण्ड नपुर्‍याइएका क्वारेन्टाइन कोरोना उत्पादनका कारखाना: नेता महर



नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले देशभरका क्वाईरेन्टाइनमा नागरिकहरुले उपचार नै नपाई ज्यान गुमाउन थालेको तर सरकार संवेदनहीन बन्दैं गएको बताएका छन् । नागरिकहरु टेस्टिंग समेत नपाएर क्वारेन्टीन भित्रै मृत्युवरण गर्न बाध्य भएको बताउदैं नेता महरले मापदण्ड नपुर्याएर बनाईएका क्वारेन्टीन कोरोना रोग उत्पादन गर्ने कारखाना बनेका बताएका हुन् ।

नागरिकहरु टेस्टिंग समेत न पाएर क्वारेन्टीन भित्रै मृत्यु वरण गर्न बाध्य छन।मापदण्ड न पुर्याईकनै बनाईएका क्वारेन्टीन कोरोना रोग उत्पादन गर्ने कारखाना वनेका छन ।, नेता महर भन्छन्, सरकार संवेदनहिन वन्दै गएको छ।

नेता महरले जनताको स्वास्थ्य र विश्व स्वास्थ्य संगठनको ख्याल गरेर देशभरका साना ठूला सवै होटेलहरु लाई क्वारेन्टिन बनाउन सरकारसंग जोडदार माग गरेका छन् ।

पछिल्लो समय देशभर क्वारेन्टाइनमै मृत्यु हुनेको संख्या बढेको छ । आज मात्रै सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र बाजुरा जिल्लामा गरी २ जनाको मृत्यु भएको र मृत्युपछि कोरोना भाईरस पोजिटिभ रिपोर्ट आएको छ । यसरी उपचार नपाई क्वारेन्टाइनमै नागरिकले ज्यान गुमाउन थालेपछि सरकार गम्भीर बन्नुपर्ने आवाज उठिरहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १८:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।