Logo

प्रमुख समाचार

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ ।

प्रतिष्ठानका अनुसार ४३ जना नयाँ बिरामी थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९४ पुगेको जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६१० पुगेको छ ।

यसअघि आइतबार दिउँसोसम्म देशभर १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित मध्ये २२० जना बिरामी निको भएर घर फर्किसकेका छन् भने अन्यको अवस्था सुधारोन्मुख रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार ०८:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।