Logo

प्रवास

२६ जना नेपाली लिएर उड्यो म्यानमारको सैन्य विमान



म्यानमारबाट २६ जना नेपाली लिएर म्यानमारको सैन्य विमान नेपालका लागि प्रस्थान गरेको छ । शुक्रबार बिहान ७ बजे २६ जना नेपालीलाई लिएर विमान उडेको हो ।

यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ । म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन् ।

सरकारले विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने घोषणा गरेको थियो । अति समस्यामा परेका नेपालीलाई ल्याइने सरकारले बताएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार ११:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।