Logo

प्रमुख समाचार

भारतबाट डोटी फर्किएका एक युवाको क्वारेन्टिनमा मृत्यु



भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका डोटीका एक युवाको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेवीमा सात दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टका अनुसार आइतबार बिहान सीताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा ती युवकको मृत्यु भएको बताए । उनी भारतको लुधियानाबाट फर्किएका थिए ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए। उनी मुटुको रोगी रहेको बताइएको छ ।

उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना रहेका छन् । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार ०८:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।