कोरोना भाइरसको संक्रमण भएको आशंकामा विश्वभरका धेरै देशहरूले क्वारेन्टिनमा राख्ने गर्दै आएका छन् । यसैक्रममा युगाण्डा सरकारले कोरोना संक्रमितलाई राखिएको क्वारेन्टिनमा राखिएकाहरुले त्यहीँ यौनलीला सुरु गरेपछि सरकारले उनिहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको सार्वजनिक भएको छ ।
युगाण्डाको स्वास्थ मन्त्रालयका अनुसार सरकारी क्वारेन्टिनमा राखिएकाहरुले एक अर्कासँग शारीरिक सम्बन्ध राख्ने कार्यले कोरोना नियन्त्रणमा ठूलो चुनौती थपेको टिप्पणी गरेको छ । युगाण्डा सरकारका स्वास्थ सचीव डियाना अटविनेका अनुसार नागरिकको यस्तो हर्कतले कोरोना भाइरस रोक्ने सबै प्रयास बेकार हुन सक्ने चिन्ता जाहेर गरे ।
स्वास्थ सचीव डियानाका अनुसार क्वारेन्टिनमा राखिएका कोरोना संदिग्धहरुले आफ्ना पार्टनरसँग नभई सोही सेन्टरमा भेटिने विपरीत लिङ्गीसँग यौनलीला सुरु गर्नुले चुनौती थपेको ‘द गार्जियन नाइजेरिया’ ले उल्लेख गरेको छ ।
‘द गार्जियन नाइजेरिया’ले युगाण्डाका स्वास्थ सचीव डियानालाई उदृत गर्दै ‘युगाण्डाका नागरिक कोरोना भाइरसको खतराको बिषयमा गम्भीर छैनन् । क्वारेन्टिनमा बसीरहेका कैयौं संदिग्धहरुले सेक्सुअल अफयेर चलाइरहेका छन् । हामीले उनिहरुलाई जहाँ राखेका छौं, उनिहरु त्यहाँको अर्को कोठाहरुमा गैरहेका छन् । यही कारण केहीलाई १४ दिन बितिसकेपछि पनि क्वारेन्टिनमै राखिएको छ भने मानिसहरूको आवतजावत रोक्नको लागि क्वारेन्टिन सेन्टरमा सुरक्षा अधिकारीहरु तैनाथ गरिएको छ । उनले भने ।




















प्रतिक्रिया